१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

राजेश हमालको नाममा भ्रष्टाचार, कांग्रेस नेता साउदसहित चारविरूद्ध मुद्दा

५ चैत, काठमाडाैँ । अभिनेता राजेश हमालको नाममा अछामको ढकारी गाउँपालिकामा भ्रष्टाचार भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धान पछि राजेश हमाल अभिनित व्यक्तिगत निर्देशनमा निर्देशन भईरहेको फिल्ममा पन्ध्र लाख रूपैयाँ छुट्याएर सरकारी बजेट दुरूपयोग गरेको अभियोगमा नेपाली कांग्रेसका नेता समेत रहनुभएको अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आर.जे.ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्साल भन्ने राम बहादुर लमसालका विरूद्धमा भष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले मिलेमत्तो गरी बदनियतपूर्वक सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ को उपनियम (१) को प्रावधान प्रतिकूल बजेट नै विनियोजन नभई अन्धपथ चलचित्र निर्माणको लागि सम्झौता गरी कार्य भुक्तानी लिएर दुरूपयोग गरेको पाइएको छ ।

आयोगले अध्यक्षसहित तीन कर्मचारीका विरूद्धमा १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो दाबी गरिएको छ । यस्तै आर.जे.ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेसनका अध्यक्ष रामजी लम्सालका विरूद्धमा पनि १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति : March 19, 2026 at 4:15 pm