राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे कांग्रेस नेता महर
६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। आज शितल निवास पुगेर उहाँले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।
भेटमा उहाँले नेपालको सङ्कटग्रस्त राजनीतिक अवस्था पार लगाउन निर्वाचनका लागि विशेष अभिभावकीय भूमिका निर्वाह गरेकोप्रति आभार व्यक्त गर्नुभएको छ ।
उहाँले भेटबारे जानकारी गराउँदै फेसबुकमा लेख्नुभएको छ, ‘नेपालको सङ्कटग्रस्त राजनीतिक अवस्था पार लगाउन निर्वाचन सम्मका लागि विशेष अभिभावकीय भूमिका निर्वाह गर्नुभएका सम्माननीय राष्ट्रपतिज्यूसँग आज शीतल निवासमा राष्ट्रिय राजनीतिका बारेमा विमर्श सहित भेटवार्ता भयो।’
प्रकाशित मिति : March 20, 2026 at 2:04 pm









