नुवाकोटमा भोट माग्न हिडेँका उम्मेदवारले सिंहदरबारसँग दाँजेर गाउँपालिकाको शाैचालयको प्रचार गरेपछि…
२१ कार्तिक, नुवाकोट । नुवाकोटमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारमा उम्मेदवारहरू केही सातादेखि नै जनताको घरदैलोमा पुगिरहेका छन । उनीहरूले जनतासँग मत माग्ने काम त गरिरहेकै छन यहीबीचमा गाउँठाउँका राम्रा कुराको प्रचार पनि गरिरहेका छन ।
त्यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नुवाकोट २ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका सुमनविक्रम पाण्डेले एक गाउँपालिकाको शाैचालयको प्रचार गरेका छन । नेकपा एमाले नेतृत्वको स्थानीय सरकार रहेको जिल्लाको किस्पाङ गाउँपालिकामा पुगेका पाण्डेले पालिकाको शैचालय सफा रहेको भन्दै प्रचार गरेका हुन ।
उनले सिंहदरबारको शाैचालयको सन्दर्भ उल्लेख गर्दै उनले गाउँपालिकाको शाैचालय सफा र व्यवस्थित रहेको उल्लेख गरेक छन । पाण्डेले फेसबुकमा शाैचालयको तस्बिर सार्वजनिक गर्दै भनेका छन, ‘हाम्रो नुवाकोट किस्पाङ गाउँपालिकाको शौचालय सिंहदरबारको भन्दा नि सफा, स्वस्थ्य र व्यवस्थित रहेछ, तारिफ नगरि रहन सकियन !’ नुवाकोटमा १२ स्थानीय तहमध्ये किस्पाङ गाउँपालिका अन्य भन्दा चुस्त र दुरूस्त रहेको छ ।

प्रकाशित मिति : 16:52









