२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकता एमालेमा प्रवेश

२१ कार्तिक, चरिकोट । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । मंसिर ४ गते हुन गईरहेको प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन आउन दुई हप्ता बाँकी रहँदा अहिले विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरु धमाधम नेकपा एमालेमा प्रवेश भइरहेका छन् ।

यसैबिच आज मात्रै नेकपा एमालेमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकताहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी बैतेश्वर गाउँपालिका वडा नम्बर २ का का राजु तामाङ, नेपाली कांग्रेसका कमल तामाङ लगायतका विभिन्न नेता र कार्यकर्ताहरूले नेकपा एममालेमा पार्टी प्रवेश गरेका छन् ।

सदरमुकाम चरिकोटमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा मओवादीबाट आयुष नेपाली र जसपा सचिव विपिन लावट एमालेमा प्रवेश भएका छन् । उनीहरुलाइ नेकपा एमाले दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धर लगायतले पार्टी प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेस जिरी नगरपालिका वडा नम्बर एक श्यामाका सभापति खुसबहादुर कार्की नेकपा एमालेमा प्रवेश भएका छन् । विगत ४४ वर्षदेखि निरन्तर कांग्रेसमा रहेर जनताको सेवा गरेका कार्की आजबाट नेकपा एमालेमा प्रवेश गरेका हुन् । जनयुद्धमा ताका श्यामामा एक जना पनि नेपाली कांग्रेस कार्यकर्ता नहुँदा आफुले पार्टी सम्हालेको भएपनि अहिले सम्म पार्टीले कुनै अवसर नदिएको उनको गुनासो थियो ।

नेपाली कांग्रेसले पार्टीका पुरानो नेतालाई भन्दा हिजोआजका नयाँ कार्यकर्ताहरुलाई अवसर दिइएको भन्दै उनले अहिले पार्टी निरंकुशतर्फ गईरहेको बताए । आजबाट नेपाली कांग्रेस पार्टी पारित्याग गरेका कार्कीले नेकपा एमालेबाट उठेका उम्मेदवारलाई जिताउन कटिबद्द रुपमा लाग्ने र अबको जिवन एमालेकाे रहेर बिताउने प्रतिबद्दता व्यक्त गरे ।

प्रकाशित मिति : 14:24