२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

फरक–फरक घोषणापत्र बोकेर हिँडेकाे गठबन्धनको कुनै गन्तव्य छैन : केपी ओली

२१ कार्तिक, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको कुनै गन्तव्य नभएको बताएका छन् । ओलीले मंगलबार पोखरामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गठबन्धनको कुनै गन्तव्य नभएको बताएका हुन् । उनले भने, ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तँछाडमछाड छ ।’

उनले गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको उनले बताउँदै भने, ‘हामीहरूले यो देशलाई प्रगतिको बाटोमा लगेका थियाैं । गठबन्धनका नाइकेहरूले यो देशलाई दक्षिणपन्थी दिशामा लगे ।’

उनले आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने बताए । ‘लोकतान्त्रिक मूल्य मान्यताका लागि हामीले बहुमत प्राप्त गर्नुपर्छ । विचार नभएका नीति नभएका गठबन्धनले फरक फरक घोषणापत्र सार्वजनिक गरेका छन् ।

यो विचारहिन दिशाहिन छ । यसको कुनै भिजन छैन,’ उनले भने– ‘गन्तव्य नभएकाहरुले फरक–फरक घोषणापत्र बोकेर हिँडेका छन् । सबैले आफैंलाई प्रधानमन्त्री भन्दै जनतासँग झुटाे आश्वासन दिइरहेका छन् ।

प्रकाशित मिति : 14:11