जनताको जनजिविका र आर्थिक समृद्धिको एजेण्डा अहिलेको प्राथमिकताः नेता सिंह
२१ कार्तिक, काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनजिविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अहिलेको प्राथमिकता भएको बताएका छन् ।
सोमबार काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानका क्रममा उनले राजनीति स्थिरता कायम गर्दै जनताको जनजिविका र आर्थिक समृद्धिको एजेण्डा अहिलेको प्रमुख प्राथमिकता भएको बताएका हुन् ।

उनले यसपटकको निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर संविधानको पूर्ण कार्यान्वयन गर्दै गाउँमा सिंहदरबार नारामा नभई व्यवहारमा पुराउने दावी गरे । संविधानको कार्यान्वन नहुँदै संंघियता, गणतन्त्र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरु ठिक छैन भन्दै देशलाई पुन अस्थिरतातर्फ लैजान खोजेको उनको आरोप छ ।
नेता सिंहले जनताको आवश्यकता अनुसार नै घरदैलो अभियानका क्रममा जनताले राखेका गुनासो र समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति : November 7, 2022 at 12:26 pm









