२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नेकपा एकीकृत समाजवादीको नाममा लिएर चुनावमा प्रयोग भैरहेको सरकारी गाडी प्रहरी नियन्त्रणमा

२१ कार्तिक, बारा । बारामा नेकपा एकीकृत समाजवादीका नेताले चुनाव प्रचारमा प्रयोग गरेको सरकारी गाडी प्रहरीले नियन्त्रण लिएको छ । बारा निर्वाचन क्षेत्र नं ४ (क) का निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका समाजवादीका नेता सुन्दर विश्वकर्माले सरकारी गाडी दुरूपयोग गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारी गाडी प्रयोग गरेर निर्वाचन आचार संहिताविपरित प्रचार-प्रसारमा हिँडेपछि प्रहरीले उनको घरबाटै गाडी नियन्त्रणमा लिएको हो । विश्वकर्माको घर औराहामा नै पुगेर प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

विश्वकर्मा नेकपा एकीकृत समाजवादी पार्टीको मधेस प्रदेशको प्रमुख सचेतक हुँदा सुविधास्वरूप सरकारी गाडी सुविधा पाएका थिए । विकले १ वर्षअघि एकीकृत समाजवादीमा रहँदा देखि २–०२ ००१ झ ००८८ नम्बरको सरकारी स्कारपिओ गाडी प्रयोग गर्दै आएका थिए ।

प्रकाशित मिति : 12:25