एमाले अध्यक्ष ओलीले आज गण्डकीका तीन जिल्लाकाे चुनावी सभालाई सम्बोधन गर्ने
२१ कार्तिक, काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले विहान पोखरा र त्यसपछि बाग्लुङ र स्याङ्जाका आमसभालाई सम्बोधन गर्नेछन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सन्दर्भमा निर्वाचन आयोगले यही कात्तिक १७ गतेदेखि १५ दिन निर्वाचन प्रचारप्रसारको समयावधि निर्धारण गरेको छ । अध्यक्ष ओलीले कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कन्चनपुर जिल्लाका आमसभालाई सम्बोधन गरेका थिए ।
प्रकाशित मिति : 11:17









