२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

पूर्व पञ्चको जोडी केसी र ढुंगानाका लागि मत माग्न स्वर्णिम वाग्ले नुवाकोट आउने 

२१ कार्तिक, नुवाकोट । पूर्व पञ्चको जोडी भनेर चिनिने नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद ढुंगानाका लागि भोट अपिल गर्न राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले नुवाकोट आउने भएका छन । सत्ता गठबन्धनका नेताहरूले दिएको जानकारी अनुसार वाग्ले कार्तिक २८ गते नुवाकोट आउने कार्यक्रम तय भएको छ ।

नेपाली कांग्रेसको घोषणापत्र निर्माण समितिमा रहेर काम गरेका वाग्ले बौद्विक ब्यक्तित्वको रूपमा चर्चामा रहेका छन । उनी नुवाकोट क्षेत्र नम्बर २ को बेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ रातमाटेमा हुने चुनावीसभामा सम्बोधनका लागि आउन लागेका हुन । गठबन्धनले कार्कित २८ गते रातमाटेमा चुनावीसभा गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

काँचुली फेर्नेमा सर्प र रङ फेर्नेमा छेपारोलाई उछिनेका अर्जुननरसिंह केसी नवौँ पटक उम्मेदवार

२०४३ सालमा पञ्चायतका हार्डलाइनर केसी र ढुंगाना नुवाकोट जिल्ला पञ्चायतको सभापति र उपसभापति भएका थिए । अहिले केसी कांग्रेस र ढुंगाना माओवादीमा रहेका छन । ७५ वर्षका केसी र ७२ वर्षको ढुंगानालाई अहिले पनि नुवाकोटका धेरै नागरिकले पूर्वपञ्चकै जोडी भनेर चिन्ने गरेका छन ।

संयोगबस पञ्चायत कालको यही जोडी संघीय लोकतान्त्रिक गणन्त्रको पनि जोडी बनेर मंसिर ४ को चुनावमा होमिएको छ । केसी गठबन्धनको तर्फबाट क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका भने ढुंगाना प्रदेशसभा (क)मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : 11:24