कांग्रेस पार्टी पञ्चायतभन्दा निरंकुश भो भन्दै जिरी नगरपालिकाका सभापति एमालेमा प्रवेश
२० कार्तिक, काठमाडाैं । कांग्रेस नेता जिपछिरिङको गाउँमा नेपाली कांग्रेस छाड्ने लर्को लागेको छ । जिरी नगरपालिका वडा नम्बर एक श्यामाका सभापति खुसबहादुर कार्की कांग्रेस पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विगत ४४ वर्षदेखि निरन्तर कांग्रेसमा रहेर काम गरेका कार्की आजबाट नेकपा एमालेमा प्रवेश गरेका हुन् । जनयुद्धमा समेत श्यामामा कांग्रेस राजनीति गरेका कार्की पार्टीले योगदानको कुनै मुल्याङ्कन नगरेकोले पार्टी परित्याग गरेको बताए ।

जिपछिरिङ जस्तो मान्छेलाई त कुनै ठाउँ नदिने कांग्रेस पार्टी अहिले पञ्चायती व्यवस्थाभन्दा निरंकुश भएको छ, उनले भने । जिरी नगरपालिका वडा नम्बर एकका गुम्बामा भएको एमाले चुनावीसभामा कार्कीसहित दर्जनौ कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेको पत्रकार प्रभु जिरेलले जानकारी दिए ।
प्रकाशित मिति : 17:57









