२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

माओवादी केन्द्रबाट निर्वाचित पुर्व जनप्रतिनिधि चन्द्रमाया एमालेलाई भोट माग्दै

२० कार्तिक, चरिकोट । नेकपा माओवादी केन्द्रकी नेतृ एवं पुर्व जनप्रतिनिधि चन्द्रमाया थामी एमालेको चुनावी अभियानमा सक्रिय भएकी छिन् । नेकपा एमालेले दोलखाको बावरेमा आज आयोजना गरेको कार्यक्रममा उनले माओवादी परित्यागको घोषणा गर्दै एमाले उम्मेदवारलाई सूर्य चिन्हमा मत दिएर विजय गराउन आग्रह गरेकी हुन् ।

‘माओवादी छोडेर विगतदेखिनै एमालेको पक्षमा उभिन खोजेको हुँ, ‘तर जबरजस्ती माओवादीमै राख्न खोजियो, आजदेखि एमालेको पक्षमा उभिएको जानकारी गराउँछु, र आउने चुनावमा सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई विजय गराउन आग्रह गर्छु, उनले भनिन् ।’

उनी २०७४ सालको स्थानीय निर्वाचनमा कालिञ्चोक गाउँपालिका २ नम्बर वडा सदस्यमा सबैभन्दा बढि मत प्राप्त गरेर निर्वाचित भएकी थिइन् ।

माओवादी केन्द्र बाबरेको प्रभावशाली नेतृत्व चन्द्रमायालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य डवल पाण्डे, प्रदेशसभा सदस्य २ नम्बर क्षेत्रका उम्मेदवार भरत केसी, कालिका पाठक, विन कुमार थामी, एमाले कार्यावाहक जिल्ला अध्यक्ष राजेन्द्र मानन्धर लगायतका नेताले स्वागत गरे ।

प्रकाशित मिति : November 6, 2022 at 4:46 pm