९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


२० कार्तिक, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन तोलामा १४०० रुपैयाँले बढेको हो।

आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ । गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीकोमूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १२७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १०:५३