१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काठमाडाैँबाट रूकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो (यात्रुको विवरणसहित)

१९ कार्तिक, काठमाडाैँ । काठमाडाैँबाट रूकुम जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शनिबार राति ६ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलाबाट बस त्रिशुली नदीको किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीका अनुसार बा ४ ख ५७९० नम्बरको बस सडकबाट २०० मिटर तल खसेको छ । उनका अनुसार दुर्घटनामा चालकसहित १९ जना घाइते छन् । बस त्रिशुली किनारमा उतानो परेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा खटिएको प्रहरीले उद्धारको काम गरेको छ ।

प्रहरीका अनुसार घाइतेको विवरण यस्तो रहेको छ

-रूकुमको सानोभेरी गाउँपालिका- ३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का।

-रूकुमको पश्चिम आठबीसकोट गाउँपालिका-८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही।

-दोलखाको बैतेश्री गाउँपालिका- ८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ।

-पश्चिम रूकुमको बाफिकोट गाउँपालिका- ९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक।

-कञ्चनपुरका बासिन्दा वर्ष २४ का तेज बहादुर कठायत।

-धादिङको गल्छी गाउँपालिका- ८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङ।

-पूर्वी रूकुमको सिस्ने गाउँपालिका- ४ का बासिन्दा वर्ष १९ का भुवन केसी।

-रूकुमको भूमि गाउँपालिका- ५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर।

-कास्कीका बासिन्दा कृष्ण प्रसाद अधिकारी।

-सिरहा गोलबजार नगरपालिका- १३ का बासिन्दा वर्ष २२ का रमेश सिंह।

-बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल।

-रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा योगेश्रवर बिक।

-रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा प्रेम सिंह बोहोरा।

-रामेछापको मन्थली नगरपालिका-९ का बासिन्दा मिलन लामा।

-धादिङको गल्छफ गाउँपालिका- ८ का बासिन्दा रत्न तामाङ।

-काठमाडौंका बासिन्दा अनिष लामिछाने।

-बाराको करैयामाई गाउँपालिकाका बासिन्दा वर्ष २७ को प्रविण चौधरी।

-रौतहटको चन्द्रपुर नगरपालिका- २ की बासिन्दा वर्ष २६ की सिता मैनाली।

-दोलखाको कालिञ्चोक गाउँपालिका-९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार २१:११