नेपाली भूमि फिर्ता ल्याउने एमाले अध्यक्ष ओलीको घोषणामा डा बाबुराम भट्टराईको आपत्ति
१९ कार्तिक, काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकप एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुला पुगेर गुमेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका स्थान फिर्ता ल्याउने घोषणा गरेकोमा आपित्त जनाएका छन ।
पाँच दलीय सत्ता गठबन्धनका नेता समेत रहेका भट्टराईले दार्चुलामै हजरौँ जनता उतारेर ओलीले गुमेका नेपाली भूभाग फिर्ता ल्याउने उद्घोष गरेपछि हतारहतार सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै त्यसमा आपत्ति जनाएका हुन । उनले हिटलरसँग जोडेर ओलीको आलोचना गरेका छन ।
भट्टराईले भनेका छन, ‘देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्छ! यदि कसैले चुनावी स्वार्थकालागि त्यसलाई उछाल्छ भने बुझ्नुपर्छ दालमा कालो छ! नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौं!’
प्रकाशित मिति : 07:27









