एमालेको पहिलो चुनावीसभामै उर्लियो जनसागर, गुमेको भूमि फिर्ता ल्याउने ओलीको उद्घोष (फोटोफिचर)
१९ कार्तिक, काठमाडाैँ । नेकपा एमालेको पहिलो जनसभामै जनसागर देखिएको छ । दार्चुलामा शुक्रबार एमालेले गरेको चुनावीसभामै हजाराैँ जनताले सहभागिता जनाएका छन । सोसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउने उद्घोष गरे ।
शुक्रबार दार्चुलाबाट एमालेको चुनावी सभा सुरु गर्दै उनले भने उनले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए । उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’ उनले दार्चुलाको समस्या आफूले बुझेको बताए ।

प्रकाशित मिति : 07:04









