देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै अछाम १ का उम्मेदवार नै एमालेमा प्रवेश
१८ कार्तिक, काठमाडाैं । अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले उनलाई स्वागत गरे । स्वागत कार्यक्रममा बोहरासँगै राधिका भुजेल, देवबहादुर कुँवर, मीनबहादुर कुँवर, गोविन्द कुँवर, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायत उपस्थित थिए ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार-प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताएका हुन् । ‘सत्य र शक्ति एमालेमा मात्रै छन्, आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा छन्’, उनले भने ‘मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव छ त्यसैले आजैबाट एमालेमा समाहित भए ।’ विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने जनाए ।
प्रकाशित मिति : November 4, 2022 at 4:32 pm









