जनताका अपेक्षा पूरा गर्नेगरी विकासका कामहरु क्रमबद्ध रुपमा गर्छाैँः गगन थापा
१८ कार्तिक, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गगन थापाले जनताका अपेक्षा पूरा गर्नेगरी काम गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंको चावहिलस्थित गणेशथान मन्दिरमा पुजा गरेर ९ बुँदे प्रतिवद्धतापत्रसहित चुनावी घरदैलो कार्यक्रम शुरु गर्दै महामन्त्री थापाले विकासका कामहरु क्रमबद्ध रुपमा गरी जनताका अपेक्षा पूरा गर्नेगरी काम गर्ने बताएका हुन् ।

उनले आफू निर्वाचित भइसकेपछि आम जनतालाई निराश नबनाउने प्रतिबद्धता जनाए। महामन्त्री थापाले संविधानको रक्षा गरेर शान्तिपूर्ण वातावरणमा राजनीतिक स्थिरता कायम गरेर समृद्धिको लक्ष्यलाई भेटाउने बाहेक अर्को उदेश्य गठबन्धनको नभएको बताए ।
राजनीतिक दलहरूले कात्तिक १७ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएसँगै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन ।
प्रकाशित मिति : November 4, 2022 at 3:46 pm









