२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्डलाई जसरी पनि हराउनुपर्ने भन्दै कांग्रेसका बागीको समर्थन एमालेका मियाँलाई

१८ कार्तिक, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरूद्धमा उम्मेदवारी दिएका गोरखाका शताब्दी पुरूष टिकादत्त पोखरेलले एमालेका अब्दुस मियाँलाई समर्थन गरेका छन । आफ्नो सयौँ जन्मजयन्ती मनाउने समारोहमा बोलाएरै टीकादत्तले शुक्रबार मियाँलाई समर्थन गरेको घोषणा गरे । ८० वर्ष नेपाली कांग्रेसमा राजनीति गरेका पोखरेल प्रचण्ड कांग्रेसको समर्थनमा उम्मेदवार बन्न आएपछि उम्मेदवारी दिएका थिए ।

पोखरेलले गोरखाको विकासका लागि मियाँलाई साथ दिनुपर्ने बताउँदै आफूले उम्मेदवारी निष्क्रिय गर्ने घोषणा गरे । उनले भने, ‘छोरालाई साथ दिन्छु, मेरो साथ रहनेछ, तपाईं काम गर्नुस्।’ पोखरेलले प्रचण्डलाई जसरी पनि हराउनुपर्ने बताए ।

प्रकाशित मिति : 13:34