२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

कैलालीमा एकीकृत समाजवादीका अध्यक्षसहितका पदाधिकारी एमालेमै फर्किए

१८ कार्तिक, धनगढी । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेता कार्यकर्ता नेकपा एमालेमै फर्किएका छन । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर शुक्रबार बिहान उनीहरू एमाले फर्किएका हुन ।

एमालेमा फर्किनेमा युवा संघ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटी सचिव पवित्रा बोहरा लगायत रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : November 4, 2022 at 1:21 pm