२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

भक्तपुरका बृद्धबृद्धा भन्छन ‘एमाले प्राणभन्दा प्यारो छ, हाम्रो भोट सूर्यलाई’ (फोटोफिचर)

१८ कार्तिक, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार तथा मध्यपुर नगरपालिका वडा नं. ६ मा एमालेका उम्मेदवारहरुको घरदैलो कार्यक्रम आयोजना गरिएको थियो । उक्त क्रममा दुवै क्षेत्रमा करिव एक÷एक दर्जन बृद्धबृद्धाहरुले एकै स्वर गुञ्जियो, ‘बुढेसकालको साहारा एमाले हो, एमाले हाम्रो जीवनको साहारा हो । हाम्रो लागि प्राणभन्दा प्यारो छ । त्यसैले हाम्रो भोट सूर्यलाई नै हो । अरु चिन्हमा त हाम्रो हात नै लाग्दैन ।’

जिल्लाको क्षेत्र नं. २ अन्तरगत एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्र रुपमा अगाडी बढाएका छन् । यस क्रममा जनताको गुनासो र त्यसको समाधानको जिम्मा लिँदै एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार, एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत तथा प्रदेश सभा अन्तरगत क्षेत्र नं. २ ‘क’ सूर्यविनायक नगरपालिका क्षेत्रका उम्मेदवार किरण थापा र क्षेत्र नं. २ ‘ख’ क्षेत्रका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ जनताको माझमा होमिनुभएको छ ।

यसै क्रममा एमालेले शुरु गरेको जेष्ठ नागरिकलाई दिईने भत्ता बृद्धबृद्धाको जीवन साहारा बनेको छ । रु एक सयबाट मनमोहन अधिकारीले शुरु गर्नुभएको उक्त भत्ता अहिले रु चार हजार पुगेको छ । जसले बुढेसकालको जीवनयापन गर्न महत्वपूर्ण सहयोगी बनेको छ । यसैले गर्दा नै आम भक्तपुरका बृद्धबृद्धाको भोट सूर्यलाई दिने उहाँहरुको भनाई रहेको छ । ‘हाम्रो भोट त इट्टा भट्टामा पोल्नेलाई हैन, वृद्धभत्ता दिनेलाई हो । त्यो भनेको सूर्य हो । त्यसैले हाम्रो आर्शिवाद छ, सूर्य त आयो–आयो, विजयको झण्डा फहराउँछ–फहराउँछ ।’ गोपाल प्रजापतीले भन्नुभयो ।

एमालेका उम्मेदवार बस्नेत र थापालाई चन्द्रमायाँ श्रेष्ठले उत्साहित मोडमा भन्नुभयो, ‘जीत निश्चित छ, राम्रो काम गर्नु । भक्तपुरले रोजेको, आम बृद्धबृद्धा, युवा, महिला तथा वालबालिकाले खोजेको नेता बन्नु । हाम्रो ठाउँको विकासले पुरै नेपाललाई चिनाउनु । हाम्रो मन मस्तिष्कमा महेश बस्नेत, किरण थापा र चन्दनकृष्ण श्रेष्ठ नै हुनुहुन्छ ।’ बृद्धबृद्धाको उत्साहजनक आवाजलाई आत्मसात् गर्दै एमालेका उम्मेदवारहरुले आम भक्तपुरवासीको साथ र सहयोग आफ्नो लागि पाँच वर्ष सेवा गर्ने ठूलो जिम्मेवारी रहने बताउँदै भक्तपुरवासीको विकास र समृद्धिको चाहना पुरा हुने विश्वास दिलाउनुभयो । नेता बस्नेतले भन्नुभयो, ‘तपाईहरुको एक–एक भोटको ऋणी हामी बन्नेछौं, तपाईहरुको एक भोटले गर्दा हामी विजय पश्चात तपाईहरुको सेवामा पाँच वर्ष खट्नेछौं । भक्तपुरको विकास र समृद्धिको यात्रामा जनताले जनप्रतिनिधिलाई खोज्ने भन्दा पनि आफै खोजेर जनताको घरदैलोमा आउने तथा दुःख सुखमा साथमा रहनेछौं ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमती प्रदेशका सदस्य शसी जंग थापा, मदनसुन्दर श्रेष्ठ, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, एमाले समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, अनेमसंघ भक्तपुरको अध्यक्ष उत्तरा नेपाललगायका नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : November 4, 2022 at 1:04 pm