२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

उदयपुरमा घर–घरमा पुग्दै एमालेका उमेदवार

१८ कार्तिक, उदयपुर । सत्तारुढ गठबन्धनका उमेदवार वागि मिलाउन व्यस्त रहेको बेला नेकपा एमालेका उमेदवारले पहिलोचरणको घरदैलो अभियान सम्पन्न गरेका छन् । प्रतिनिधिसभाका दुबै क्षेत्र र चार वटै प्रदेशका उमेदवारले पहिलोचरणको वडा स्तरीय र घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । विशिष्ट चाडपर्वको शुभकामना आदानप्रदान र चियापान कार्यक्रमको नाम दिएको एमालेले प्रारम्भिकचरणमा मतदातासँग भेटघाट सम्पन्न गरेको जनाएको छ ।

एमाले अध्यक्ष परमेश्वर घिमिरेका अनुसार पहिलोचरणको कार्यक्रम सम्पन्न गरी दोस्रोचरणमा निर्वाचन आयोगले चुनाव प्रचारप्रसारलाई दिएको समयसिमा अनुसार बिहीबारदेखि उमेदवारहरु घरदैलोमा पुगेका छन् । उनले भने, ‘दुबै क्षेत्रमा पार्टी जिल्ला कमिटीले मुल आयोजक कमिटीसमेत परिचालन हुने गरी कार्यक्रम तय गरेको छ त्यहीँअनुसार नेता कार्यकर्ता परिचालन हुनु भएको छ ।

क्षेत्र नंं १ अन्तर्गत प्रतिनिधिसभाका सदस्यका उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेशसभा सदस्य १ का उमेदवार कुशलबाबु बस्नेत र २ का उमेदवार इश्वरमणि राउत, क्षेत्रनं २ अन्र्तगत प्रतिनिधिसभा सदस्यका उम्मेदवार अम्वरबहादुर रायमाझी, प्रदेशसभा सदस्य १ का उमेदवार देवराज राई र २ का उमेदवार जिवनाथ दहाल मतदाताको घरदैलोमा पुगेको उनले बताए ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति उम्मेदवार बनेपछि पहिलोचरण सकेर दोस्रोचरणको कार्यक्रममा जुटेका हुन् । उत्साहजनक उपस्थितिकासाथ घरदैलोमा पुगेका क्षेत्रनं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अम्वरबहादुर रायमाझीले विजयी सुनिश्चित रहेको बताए ।

उदेश्य र लक्ष्य विहीन बनेको गठबन्धनको भविष्य प्रति जनतामा विश्वास नरहेकाले विकास र समृद्धीका लागि जनताले एमाले रोजेको उनले बताए । यता निर्वाचनको मिति नजिकिदै जाँदा गठबन्धन दलहरु विच मनमुटाव अझ चर्किदै गएको छ । वागि उमेदवारले मनोनयन फिर्ता नलिएपछि उनीहरु थप समस्यामा डुवेका छन् ।

अधिकांस गठबन्धनका उमेदवार निर्वाचनमा मतदाताको घरमा पुगेर भोट माग्ने भन्दा पनि वागि उमेदवार फकाउने र रिझाउनेमा व्यस्त देखिएका छन् । लोकपृय नेताहरु वागि उमेदवार बनेपछि गठबन्धन भित्र खैलाबैला सुरु भएको हो ।
त्यति मात्र नभई स्थानीय तहको निर्वाचनमा देशव्यापीरुपमा गठबन्धन भईरहँदा त्रियुगा, कटारी र चौदण्डिगढी नगरपालिका क्षेत्रमा एकले अर्काको अस्तित्व स्वीकार नगरी नेताहरु नै हराउन लागेपछि गठबन्धन भित्र विश्वास टुट्दै गएको एकथरीको विश्लेष्ण छ ।

‘सहयोग गर्ने मनिस्थिति हुँदा पनि गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई हराउन लागेकाहरुको याद झलझली आउँदो रहेछ, त्यसैले यो पटकको निर्वाचन भन्न सक्ने अवश्था छैन । नाम नवताउने शर्तमा एक युवा नेताले बताए ।
घरदैलो कार्यक्रमा प्रत्यक्षतर्फ उम्मेदवारकासाथमा समानुपातिक उम्मेदवारहरु सृजना दनुवार र गितादेवी रेग्मीसमेत उपस्थिती रहेको छ । उक्त कार्यक्रममा वडा, नगर, प्रदेश र क्षेत्रका अध्यक्ष र अन्य शुभेच्छुकहरुको पनि उल्लेखनीय सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : November 4, 2022 at 12:50 pm