समाजवादीकी नेतृ रमा आलेका चुनावी कमाण्डर थापा एमालेमै फर्किए
१८ कार्तिक, काठमाडाैँ । काठमाडौ क्षेत्र नम्बर १० (२) का नेकपा एकीकृत समाजवादीका चुनावी कमाण्डर नै एमालेमा फर्किएका छन । समाजवादीले बनाएको निर्वाचन परिचालन कमिटिका सचिव सुरेन्द्र थापा पुरानै घर एमालेमा फर्किएका हुन् ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर सातबाट स्थानिय निर्बाचनमा समाजबादीबाट वडा अध्यक्षका उम्मेदवार बनेका सुरेन्द्रले एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमाले फर्किएका हुन् । समाजबादी छाडेर आफू पुन एमालेको सुर्यको प्रचारक बन्न पाउँदा गर्व लागेको बताउदै यो गठबंधन देश र जनताको हितमा भन्दापनि बिसर्जनवाद तिर उन्मुख भएको थापाले बताए ।
प्रकाशित मिति : 12:37









