२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माणः नेता सिंह

१८ कार्तिक, काडमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताउएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज आयोजना गरेको घरदैलो कार्यक्रममा उनले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएकाले आगामी निर्वाचनमा उक्त गठबन्धनले जित्नुपर्नेमा जोड दिए ।

“संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ”, नेता सिंहले भने, “निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ ।

यसैगरी आचारसंहितालाई ख्याल गरेर चुनावी अभियान सञ्चालन गर्नुपर्छ,” उनले भने । पूर्वउपप्रधानमन्त्रीसमेत भएका नेता सिंहले नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट निर्माण भएको संविधानको रक्षा र शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्याउनका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : November 4, 2022 at 12:11 pm