२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

गुल्मीमा २ मा रामकुमारीलाई अर्को धक्का समाजवादीका बाँकी नेता पनि एमालेमा फर्किन थाले

१८ कात्तिक, गुल्मी । गुल्मी क्षेत्रनम्बर–२ मा एकीकृत समाजवादीका जिल्ला स्तरका अघिकांश नेताहरु धमाधम एमालेमा फर्किएका छन् । केहि समय अघि जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज सहितका अधिकांश नेताहरू एमालेमा समाहित भएका थिए ।

फेरि बिहिबार एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली एमालेमा फर्किएका छन् । उनलाई नेकपा एमालेका केन्द्रिय सचिव गुल्मी क्षेत्रनम्बर–२ का उम्मेदवार गोकर्ण बिष्टले एमालेमा स्वागत गरेका हुन् । पार्टीमा स्वागत गर्दै उम्मेदवार बिष्टले समाज परिर्वतन गर्ने शक्ति एमाले नै भएकाले सबै एमालेमै गोलबद्ध हुन आग्रह गरे ।

उनले सबैको भलो चिताउने विकास गर्ने पार्टी एमाले भएकाले जनलहर एमालेमा रहेको बताए । गुल्मी २ मा गठबन्धनबाट रामकुमारी झाँक्री र बिष्ट बिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : 12:07