१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राधी विद्युतको हकप्रद बाँडफाँड, १३ लाख कित्ता सेयर लिलामीमा ल्याउने

१८ कार्तिक, काठमाडाैं । राधी विद्युत  कम्पनी लिमिटेडले असोज ५ गतेदेखि असोज २५ गते गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले १ः१.४७ को अनुपातमा १०० रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना सेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

हकप्रद सेयर बाँडफाँड भएसँगै बिक्रि नभएको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता सेयर लिलाममा ल्याउने क्यापिटलले जनाएको छ । आफ्नो कायम हकभन्दा बढी सेयर माग गरि आवेदन दिने आवेदकहरूको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर वापतकाे रकम कार्तिक २० गतेदेखि सेयरधनीहरुको  बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १०:५४