बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप, अब कहिले सम्म भर्न पाईन्छ ?
१८ कार्तिक, काठमाडाैं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानियहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय थप भएकाे छ । कम्पनीले गत कार्तिक ४ गतेबाट १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक १८ गते (आज) हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले यो आईपीओमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ। अब आयोजना प्रभावित स्थानियहरुले कार्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा न १, ४ र ५ साविक कस्मीसेरा, सर्कवा, र बिनामारे गा.बि.स. का तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरुले समेत आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआबिएलएस क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ। साथै एनएमबि बैंक लिमिटेड शाखा कार्यालय- कुश्मीसेरा, कुमारी बैंक लिमिटेड, शाखा कार्यालय- राहाले, बल आईएमई बैंक लिमिटेड-कुश्मीसेरा शाखा, गरिमा विकास बैक लिमिटेड, शाखा कार्यालय- ट्राफिक चोकबाट समेत आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : 10:25









