२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रैः उपाध्यक्ष पोखरेल

१७ कार्तिक, काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् ।

काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पोखरेलले बिहिबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।

उनले कुनै पार्टीहरू राजनीतिक स्थायित्वका लागि उभिन नसकेको भन्दै राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि एमालेलाई आगामी निर्वाचनमा जिताउन आवश्यक रहेको तर्क गरे ।

नेता पोखरेलले छिमेकीले नाकाबन्दी लगाएको बेलामा र आफ्नो भूमि फिर्ता लिने सन्दर्भमा एमालेबाहेक अरु कुनै पार्टीले दृढ अडान लिन नसकेको जिकिर गरे । त्यस्तै उनले नेपाली नागरिकले आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्नेमा एमाले रहेको बताए ।

नेता पोखरेलले अंगीकृत नागरिकताको सन्दर्भमा सर्तकता अपनाउनुपर्ने भन्दै ठीक ढंगबाट अडान लिन नसके देशको स्वाभिमान, अस्तित्व र स्वतन्त्रतामाथि समेत आँच पुग्नसक्ने उल्लेख गरे ।

उनले चीन सरकारको सहयोगमा दोस्रो चरणमा निर्माण हुने चक्रपथ विस्तारलाई कलंकीदेखि धोबीखोलासम्म पुर्याउन पहिलादेखि गरिरहेको पहलकदमीलाई तिव्रता दिने पोखरेलले प्रतिबद्धता जनाएका छन् ।

नेता पोखरेलले स्थानीय निर्वाचनमा जारी एमालेको घोषणापत्र र प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधहरूलाई विशेष सहयोग गर्ने बताए ।

प्रकाशित मिति : 16:15