५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बिहीबार घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१७ कार्तिक, काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको हो।  बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

अघिल्लाे काराेबारकाे दिन बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १०:५४