२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सरकारी खर्चमा कांग्रेसको प्रचारमा जाने प्रधानमन्त्री देउवाको प्रयासमा निर्वाचन आयोगको अंकुश

१६ कात्तिक, काठमाडौँ । सरकारी खर्चमा नेपाली कांग्रेसको प्रचारमा जाने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा निर्वाचन आयोगले अंकुश लगाएको छ । सरकारी साधनसहित डडेलधुरा जान देउवाले मागेको अनुमति निर्वाचन आयोगेको अस्वीकार गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देउवाको डडेलधुरा भ्रमण अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो तर उक्त अनुरोध अस्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाइ पत्र पठाउँदै आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्नरनगराउन निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : November 2, 2022 at 12:46 pm