२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

५० युनिटसम्म बिजुली र १० हजार लिटरसम्म पानी निःशुल्क दिने एमालेको घोषणा

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले ५० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९को लागि जारी गरेको चुनावी घोषणापत्रमा वर्षायाममा मासिक ५० यनिट र हिउँदयाममा मासिक ३० यनिट विद्युत निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।

‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने दुई वर्षमा विद्युतमा पहुँच पुग्ने जनसंख्या शत प्रतिशत पुर्‍याइने एमालेले बताएको छ । घोषणापत्रमा ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुर्‍याइने उल्लेख गरेकाे छ ।

एमालले आगामी तीन वर्षमा सतह तथा भमिू गत सिंचाइबाट तराई–मधेसको थप तीन लाख हेक्टर जमिन सिञ्चित गर्ने र सिंचाइलाई वर्षायामको बिजुली महसुलमा ५० प्रतिशत र हिउँदयाममा २५ प्रतिशत छुटको व्यवस्था गर्ने उल्लेख गरेको छ । त्यसैगरी एमालले आगामी दुई वर्षभित्रै सबै परिवारमा पिउनेपानीको आधारभूत सुविधा पुर्‍याउने र सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

प्रकाशित मिति : 15:55