२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमालेको घोषणापत्र सार्वजनिक, यी हुन् जनतालाई समृद्ध बनाउने २० ग्यारेन्टी

१५ कात्तिक, काठमाडाैं । नेकपा (एमाले) ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यति होटलमा मंगलबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन । एमालेको घोषणा पत्रमा जनतालाई समृद्ध बनाउन २० वटा ग्यारेन्टी गरिएको छ । जसलाई ट्वान्टी ग्यारेन्टी भनिएको छ । जुन यस्ता छन् ।

-समृद्धि अधिवेशन
-नागरिकलाई मात्र नागरिकता
-हंगर नो लंगर
-सातै प्रदेशमा खाद्य गुणस्तर मापन
-उत्पादन स्वदेशी,बजार विदेशी
-चार आना,सुरक्षित छाना
-कमाई/युवाको रोजाइ
-५ वर्षमा २५ लाख रोजगारी
-५ लाख रोजगार,न्यूनतम् ज्याला २५ हजार
-पढाइ, भविष्यको जग बसाई
-प्रेसर सुगर, टेन्सन ओभर
-फ्रि मिटर १० हजार लिटर
-फ्रि मिटर,५० यूनिट
-खेतबारीम पानी, खाडीमा होइन बारीमा जवानी
-दिनदिनै सडक विस्तार,कृषीको पूर्वाधार
-नो तार, सहर बजार
-नो लाइन, अनलाइन
-हामी सामाजिक,सभ्य नागरिक
-हाम्रो अर्थ ,सय खर्ब

 

प्रकाशित मिति : November 1, 2022 at 2:47 pm