२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

विप्लव नेतृत्वको नेकपाद्वारा चुनाव विरोधी कार्यक्रमको घोषणा

१५ कार्तिक, काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विरोधी कार्यक्रमको घोषणा गरेको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सो पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रतिरोध गर्ने घोषणा गरेकाे हाे ।

निर्वाचन खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाले निर्णय गरेकाे छ । यसबाहेक नेकपाले जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : 14:32