७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

सुदूरपश्चिम प्रदेशमा भूकम्पकाे धक्का

१३ कार्तिक, बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।

प्रकाशित मिति : October 30, 2022 at 11:19 am