२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

यस्तो रह्यो एडिलेडको सामूहिक म्ह: पूजा (फोटोफिचर)


१२ कार्तिक, एडिलेड । एडिलेडमा गुठी साउथ अष्ट्रेलियाको आयोजनामा अक्टोवर २६ मा म्ह: पूजा सम्पन्न भएको छ l कार्तिक शुक्ल प्रतिपदाका दिन नेवा समुदायका मानिसले आफ्नो आत्मा पूजा गरी म्ह पुजा पर्व मनाउने परम्परा छ । २०१५ मा स्थापित गुठीले एडिलेडमा प्रत्येक वर्ष आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वासका साथ पुजा आयोजना गर्दै आएको छ । यस बर्ष स्थानिय थेबार्टन कम्युनिटी सेन्टरमा भएको पुजामा १४३ जना सहभागी रहेका थिए |

गुठी साउथ अष्ट्रेलियाका सह सचिव सजिन प्रधाङ्गले नेपालको संस्कृति रितिरिवाजलाई प्रवासमा समेत चिनाउने उद्देश्यले पुजा आयोजना गरिएको बताए । उनले बिदेशमा हुर्केको नयाँ पुस्तालाई समेत आफ्नो संस्कृति र रितिरिवाजलाई चिनाउने प्रयाश स्वरुप पनि कार्यक्रम आयोजना गरिएको बताए ।

म्ह पूजा सँगै नेपालको मौलिक संवत् नेपाल संवत् ११४३ को नयाँ वर्ष पनि सुरु भएको छ । बि सं ९३७मा लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले उपत्यकावासीको ऋणमोचन गरी नेपाल संवत सुरु गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार १९:३३

https://srdb.com.np/