२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

अष्ट्रेलिया सपनासँग जोडिएको महापुरूष एडिलेडमा प्रदर्शन हुने


१२ कार्तिक एडिलेड । नेपालमा प्रिमियर शोहरुमा निकै उत्साह देखिएको मह जोडीको बहुप्रतिक्षित चलचित्र महापुरुष एडिलेडमा आगामी सोमबार ३१ अक्टोवरमा प्रदर्शन हुने भएको छ । विदुर बाबु र अष्ट्रेलिया जान लागेको छोराबीच  बाबुको प्रेमपछि उत्पन्न परिस्थितिलाई जोडिएको चलचित्र हो- महापुरुष ।

एडिलेडको स्थानीय रिगल थियटरमा साँझ ७ बजेबाट प्रदर्शन हुने चलचित्रको एडिलेडमा व्यवस्थापन गिरिश ईभेन्टस एण्ड ईन्टरटेन्मेन्ट र थ्रीकेजी ईभेन्ट्सले गर्ने भएका छन् । गिरिश ईभेन्टसका निर्देशक गगन गिरीले दर्शकहरुको मागका आधारमा अन्य शोहरु पनि थप गर्दै जाने बताए । उनले नेपालमा भएको व्यापार हेर्दा यहा पनि थप शो हुन पनि सक्ने बताए ।

शुक्रवार रिलिज भएको चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, नव कलाकारहरु अरुण क्षेत्री, अन्जना बराईलीको मुख्य भुमीका रहको छ भने निर्देशन प्रदिप भट्टारईले गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार १९:०२

https://srdb.com.np/