२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

झापामा नेकपा एकीकृत समाजवादी शून्यप्रायः प्रसाईंसहित १०१ जना एमालेमै फर्किए

१२ कार्तिक, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं पार्टीलाइ शून्यप्रायः बनाउँदै नेकपा (एमाले)मै फर्किएका छन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ प्रसाईंसहित १०१ जनालाई एमालेमा स्वागत गरे ।

दमकका प्रतिष्ठित व्यवसायी समेत रहेका प्रसाईं पार्टीभित्र केही विमति राखेर नेकपा एसमा लागेका थिए । पार्टी प्रवेशपछि प्रसाईंले एमालेजस्तो विधि र पद्धतिमा चल्ने पार्टी अर्को नभएको बताए । एमालेमा केही असहमति राखेर आफूहरू बाहिरिएको तर एमाले जत्तिको कार्यकर्ता परिचालन हुने, अनुशासनमा बस्ने र विधिमा चल्ने अर्को पार्टी रहेनछ भन्ने निष्कर्षका साथ पुनः एमालेमै फर्किएको प्रसाईंले बताए । प्रसाईंले अब एमाले र अध्यक्ष ओलीलाई जिताउन लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : 16:24