अब कांग्रेस पनि सुरूङ युगमा, घोषणापत्रमै राख्यो ९ वटा सुरूङको नाम
१२ कार्तिक, काठमाडाैँ । तत्कालीन सरकारले देश सुरूङ युगमा प्रवेश गरेको घोषणा गरेको केही वर्षपछि नेपाली कांग्रेस पनि सुरूङ युगमा प्रवेश गरेको छ । उसले घोषणापत्रको कभरमै रेल कुदिरहेको तस्बीर राखेर ९ वटा सुरूङको निर्माण गर्ने महत्वपूर्ण पतिवद्धता जनाएको छ ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देश सुरूङ युगमा प्रवेश गरेको घोषणा गर्दे दश भन्दा बढी सुरूङ मार्गहरू बनाउने घोषणा गरेको थियो । त्यतिखेर ओलीको हावा गफ भनेर आलोचना गर्ने कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा भने ९ वटा सरूङ मार्ग बनाउने प्रतिवद्धता उल्लेख गरेको छ । कांग्रेसले बनाउने भनेका सुरूङ मार्गहरू यसअघि नै ओली नेतृत्वको सरकारले निर्माणको घोषणा गरेर बजेट विनियोजन गरिरसकेका योजनाहरू रहेका छन।
कांग्रेसले घोषणापत्रमा उच्च प्राथमिकतामा राखेका सुरूङमार्गहरूमा टोखा-छहरे सुरूङमार्ग, नागढुंगा-सिस्नेरी सुरूङमार्ग, सिद्धबाबा सुरूङमार्ग, काठमाडाैँ निजगढको सडकमा पर्ने सुरूङमार्ग, दुम्किवास-बर्दघाट सुरूङमार्ग, माझिटार-शक्तिखोर सुरूङमार्ग, खुर्कोट-चियाबारी सुरूङमार्ग, ब्याउलिढुंगा-इमिल्चाखोला सुरूङमार्ग, सुर्खेत-रानीघाट-भुरिगाउँ सुरूङमार्ग रहेका छन ।

प्रकाशित मिति : 13:44









