२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

टोखा-छहरे सुरूङ मार्ग नेपाली कांग्रेसले पाँच वर्षमै बनाउने, यस्तो छ घोषणापत्र

१२ कार्तिक, नुवाकोट । नेपाली कांग्रेसले काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म जोड्ने टोखा-छहरे सुरूङ मार्ग पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । शनिबार कांग्रेसले आगामी चुनावका लागि संकल्प प्रस्ताव सार्वजनिक गर्दै नेकपा एमालेको नेतृत्वको सरकारले सम्भावता अध्ययन गरेर चीन सरकारले निःशुल्क डिपिआरगरिदिने प्रतिवद्धता जनाएको सुरूङ मार्ग निर्माण प्राथमिकतामा राखेको हो ।

कांग्रेसले घोषणा पत्रमा कांग्रेसलले ३।३।१ मा यातायात शीर्षकमा उच्च प्राथमिकताका साथ टोखा छहरे सुरूङमार्ग पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने उल्लेख गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार महामन्त्री विश्वप्रकाश शर्मा र प्रवक्ता डा प्रकाशरण महतलाई दायाँवायाँ राखेर कांग्रेसको घोषणापत्र सार्वजनिक गरेका छन ।

प्रकाशित मिति : 12:58