२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एडिलेडमा नेपाली म्युजिक फेस्टिवल हुँदै


८ कार्तिक, एडिलेड । एडिलेडमा नोभेम्वर २१ मा ‘म्युजिक फेस्टिवल २०२२’ हुने भएको छ । फेस्टिवलमा दीपक बज्राचार्य, द रिदम ब्याण्ड, सबिन राई तथा द फरोह ब्याण्ड र आशिष राना उर्फ लाउरेले प्रस्तुति दिने भएका छन् । आयोजक गिरिश इभेन्ट एण्ड इन्टरटेन्मेन्टका निर्देशक गगन गिरीले अष्ट्रेलियामा रहेको सबै उमेर समुहका नेपाली श्रोताहरुलाई हुने गरि फेस्टिवलका लागि कलाकारहरुलाई आमन्त्रण गरिएको बताए ।

दीपक बज्राचार्य नेपालका चर्चित नेपाली गायक तथा गीतकार हुन् उनले हालसम्म धेरै गीत गाउने गायकहरुको कोटीमा पर्छन् । उनी नेपालका सबैभन्दा व्यावसायिक रूपमा सफल गायक समेत हुन् । संगीत उद्योगमा उनको करियर २०४७ मा उनको पहिलो एल्बमको विमोचनबाट सुरु भएको थियो। उनी विगत २ दशकदेखि आफ्नो ब्राण्डको गीत, म्युजिक भिडियो र लाइभ कन्सर्ट मार्फत नेपाली वाद्ययन्त्रको प्रयोग गरी नेपाली संस्कृतिको जगेर्ना गर्दै आएका छन् ।

प्रायः बिर्सिएका ती वाद्ययन्त्रहरूको महत्त्वबारे चेतना जगाउन उनले आफ्नो सङ्गीतमा नेपाली मौलिक वाद्ययन्त्रलाई सक्रिय रूपमा एकीकृत गर्दै आएका छन् । नेपाली पप संगीतलाई नयाँ आयाम दिने सोचका साथ सन् २००३ मा रिदम ब्याण्डको स्थापना भएको हो । ब्यान्डका सदस्यहरूको प्रतिभा र लगनशीलताले उनीहरूलाई नेपालको सांगीतिक संसारमा छुट्टै स्थान बनाउन सक्षम बनाएको छ । दिपक बज्राचार्यसँग मिलेर रिदम ब्याण्डले नेपाली पप संगीतको संसारलाई अविस्मरणीय बनाएको छ ।

अर्का गायक सबिन राइ नेपाली संगित क्षेत्रका लोकप्रिय कलाकार हुन । राई एक नेपाली गायक र गीतकार हुन् जसलाई स्वरका कारण नेपालको ब्रायन एडम्स भनिन्छ। उनको पहिलो सफल एल्बम “कोमल त्यो तिम्रो ” थियो । त्यसैगरि अर्का कलाकार आशिष राना मगर उर्फ लाहुरे नेपाली चर्चित नेपाली र्यापर हुन् । यसअघि अर्को कार्यक्रमको लागि अष्ट्रेलिया आउन लागेका लाहुरेको भिजा रिजेक्ट भएको थियो। अहिले भिजा लागेपछि लाहुरेले ‘म्युजिक फेस्टिवल २०२२’ मा सहभागि हुन लागेका हुन्।

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १२:३५

https://srdb.com.np/