१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत

८ कार्तिक, काठमाडाैं ।  यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग भएकाे छ । कार्तिक ७ गते सोमबार साँझ लक्ष्मीपूजामा नेपालमा १ हजार ३०५ मेगावाट विद्युत खपत  भएकाेछ। जुन अन्य दिनको तुलनामा उच्च माग भएकाे हो। यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । गत वर्षकाे लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २०० मेगावाट रहेकाे थियो।

प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहरुबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको छ ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणका अनुसार सोमबार साँझ पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो।

प्रकाशित मिति : October 25, 2022 at 9:42 am