२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

प्रवासीको माया नेपाली कला क्षेत्रको विकासमा महत्वपूर्ण छः गायक पोखरेल


७ कार्तिक, एडिलेड । नेपाल संगित क्षेत्रका चर्चित गायक सुगम पोखरेलले प्रवासीको मायाले नेपाली संगित क्षेत्र र चलचित्र क्षेत्रले विकासमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । आफ्नो सांगितिक कार्यक्रम `देउसी भैलौ नाइट´को शिलशिलामा नविन के भट्टराई र आदेश पौडेल सहित एडिलेड आएका पोखरेलले जिनियस एजुकेशन एण्ड माईग्रेसनको कार्यालयमा आयोजित प्रेस मिटमा सो कुरा बताएका हुन् ।

उनले आफु चौथो पटक एडिलेड आएको बताउदै अष्ट्रेलियामा पछिल्लो समय नेपालीहरुको संख्या बढे संगै दोस्रो नेपालको अनुभव भएको बताए । अर्का गायक नविन भट्टराईले नेपाली कला क्षेत्रलाई व्यवसायीक बनाउन प्रवासमा हुने गरेका कार्यक्रमले निकै सहयोग पुगेको बताए ।

प्रेस मिटमा देउसी भैलो नाइटको मुख्य प्रायोजक जिनियस एजुकेशनका निर्देशक सुमन बेतालले प्रवासमा रहेका नेपालीहरुलाई मनोरञ्जन र नेपाली कलालाई व्यवसायी बनाउने कार्यका लागि आफुहरु सधै अग्रसर रहेको बताए । आयोजक खुकुरी इभेन्टका बिशाल बरालले नेपाली संगित क्षेत्रका चर्चित हस्तीहरुलाई एडिलेडमा स्वागत गर्न पाउदा खुशी व्यक्त गरे ।

यसैबीच  खुकुरी इभेन्टको आयोजनामा भएको देउसी भैलो नाइटमा तिन कलाकारहरुले माहोल नेपालमय बनाएका थिए | सुगमको दशै तिहार गित र नबिन भट्टराईको `डर लाग्छ डर लाग्छ ´ लगायतका गितमा दर्शकहरु झुमेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १५:२५

https://srdb.com.np/