२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

लक्ष्मी पूजाको दिन सिटिजन्स बैंकले सुरु गर्याे मेसिनमार्फत क्यास डिपोजिट गर्ने सेवा

७ कार्तिक, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुआत गरेकाे छ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको बैंकले आज लक्ष्मी पूजाको दिनबाट आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रमा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुआत गरेकाे हाे ।

यो नवीनतम सेवामार्फत अब ग्राहकले कुनै भौतिक फारम बिनानै सहज रुपमा सिटिजन्स बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरका आधारमा नगद रकम जम्मा गर्न सक्नेछन्। यस सेवाअन्तर्गत ग्राहकले क्यास डिपोजिट मेसिनबाट १ हजार र ५०० दरका नोटहरुमात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ।

यस सेवाबाट ग्राहकले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुुने विश्वास बैंकले लिएको छ। बैंकले यो सेवा हालका लागि काठमाडाैंकाे नारायणहिटीपथस्थित दरबारमार्ग शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखामा समेत विस्तार गर्ने योजना बनाइएकाे बैंकले जनाएकाे छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : October 24, 2022 at 1:49 pm