२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एडिलेडमा प्रतियोगितात्मक देउसी भैलौ, मगर समाज प्रथम (फोटोफिचर)


६ कार्तिक, एडिलेड । एडिलेड नेपालको आयोजनामा देउसी भैलो तथा रङ गोली प्रतियोगिता सम्पन्न भएको छ । देउसी भैलौमा मगर समाज प्रथम, धौलागिरी देउसी समुह दोस्रो र बालकृष्ण सिग्देलको समुह तृतीय भएका छन् । भने रंगगोली प्रतियोगितामा समिना गाहा प्रथम र श्रृजना कडेल, मानवी बगाले, उपासना श्रेष्ठको समुह दोस्रो भएका थिए ।

एडिलेड नेपालका अध्यक्ष पुष्कर कोइरालाले नेपाली संस्कृतिको महत्वपुर्ण अंगको रुपमा रहेको देउसी भैलौको संस्कृतिलाइ प्रवासमा समेत जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । देउसी भैलौको विजेताको घोषणा दर्शकहरुको मत र निर्णायकहरुको निर्णयलाई आधार मानेर गरिने भएको थियो । निर्णायकमा इन्टरनेशनल नेप्लिज आर्टिस्ट सोसाइटीका अन्तर्राष्ट्रिय उपाध्यक्ष आरसी थापा रहेका थिए |

७ समुहले भाग लिएको देउसी भैलो प्रतियोगितामा प्रथम दोस्रा र तेस्रो हुने समुहहरुलाई क्रमश अष्ट्रेलियन डलर १०००, ५०० र ३०० बराबरको उपहार र रङ गोली तर्फ प्रथम, दोस्रा र तेस्रालाई क्रमश अष्ट्रेलिन डलर ३००, २०० र १०० बराबरको उपहारले पुरस्कृत प्रदान गरिएको थियो ।

स्थानिय एक्टिभ एल्डर एसोसिएशनको हल एस्कट पार्कमा सांस्कृतिक कार्यक्रमको साथमा तिहार स्पेशल नेपाली खाना समेत वितरण गरिएको थियो । मल्टिकल्चर साउथ अष्ट्रेलिया, म्यारियन काउन्सील सहित विभिन्न व्यवसायी संस्थाहरुको सहयोगमा भएको कार्यक्रममा तिन पुस्ताले देउसी भैलौ प्रतियोगिता सहभागीता जनाएका थिए |

एडिलेड नेपाली बिद्यालयका बालबालिका देखी बालकृष्ण सिग्देलको समुह नेपालबाट आएका अभिभावकहरुको समुहले सहभागीता जनाएको थियो । एडिलेड नेपालका अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमला, साउथ अष्ट्रेलियाली संसद सदस्यहरु नादिया क्लेन्सी र जेन स्टिन्स, मेरियन सिटी काउन्सिलका मेयर कृष हाना, साउथ अस्ट्रेलियन बहुसांस्कृतिक आयोगको अध्यक्ष एड्रियाना क्रिस्टोपोलोस, साउथ अस्ट्रेलियन बहुसांस्कृतिक आयोगको बोर्ड सदस्य तथा एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्का, एनआरएनए ओशियाना पुर्व सह संयोजक नविन कडेल, एनआरएनए आइसिसि सदस्य सूर्य आचार्य, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा लगायतका उपस्थिति रहेको थियो । पछिल्लो समयमा एडिलेडका नेपाली संघ संस्थाका कार्यक्रमहरुमा विभिन्न उच्च तहका राजनीतिक नेतृत्वको उपस्थिति हुने क्रम बढेको छ ।

२०१६मा स्थापित एडिलेड नेपाल सोसलमिडिया फेसबुक मार्फत नेपाली समुदायको सम्पर्क माध्यम बनेर नेपाली समुदायलाई सेवा पर्याउदै आएको छ । २०१९ मा पहिलो पटक प्रतियोगितात्मक देउसी भैली र रङगोली आयोजना गरिएको थियो, जसमा तमु घी साउथ अष्ट्रेलिया विजयी भएको थियो ।

कोरोना महामारीका कारण विचका दुइ बर्ष प्रतियोगिता हुन सकेको थिएन । यसै विच एडिलेडकै अर्को एक कार्यक्रममा एडिलेड नेपाली विद्यालयले कल्चरल फन डे अन्तर्गत विद्यालयमा बालबालिकाहरुलाई नेपाल संस्कृति बारेमा साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले देउसी भैलो कार्यक्रममा समेत सहभागीता जनाएको थियो ।

एडिलेड नेपाली विद्यालयमा आयोजित `कल्चरल फन डे´मा सहभागी बालबालिकासहित ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १३:१६

https://srdb.com.np/