सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालतकाे अनुमति
६ कार्तिक, काठमाडौं । निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा हिरासतमा रहेका लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हाे ।
अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त गौशालाले लामिछानेलाई हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो। अदालतले आज उनलाई दुई दिनको म्याद थपेको हो ।

यसअघि अदालतले असोज २४ गते ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। लामिछानेमाथि गत भदौ २१ मा एक नाबालिगलाई जबर्जस्ती करणी गरेकाे आरोप लागेको थियो।
प्रकाशित मिति : October 23, 2022 at 11:45 am









