१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

टिभिएसले सार्वजनिक गर्यो नयाँ “टिभिएस एनटर्क १२५ रेस एक्सपी”

४ कात्तिक, काठमाडाैं । टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ “टिभिएस एनटर्क १२५ रेस एक्सपी” सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा कार्तिक २ गते भएको यस कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरिएको थियो ।

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाईस प्रेसिडेन्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरिएकाे थियाे । यस कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेको थियो भने कलाकार प्रताप दास र रचना रिमालको विशेष प्रस्तुति रहेको थियो ।

लन्च कार्यक्रमसंगै जगदम्बा मोटर्सले टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला नामक एक्सचेन्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ बाट सुरु भएको यो मेला कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकलेआफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा ७ हजार रूपैयाँ बढीको मूल्य पाउने छन्, साथै नकिन्दै १ लाख र किन्दा १० लाख रूपैयाँसम्मको नगद छुटको पनि व्यवस्था छ । यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र ४ हजार २७७ रूपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिलो भोइस–असिस्ट फिचर यस स्कुटरमा समावेश गर्न सफल भएको छ। SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित भोइस–असिस्ट फिचर उपलब्ध यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ ।

प्रकाशित मिति : October 21, 2022 at 8:58 am