२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

३१ असाेज, बागमती। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले विशेष उजुरी एवं सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्सामा कम्प्युटर अपरेटर पदमा कार्यरत सञ्जयप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । अपरेटर यादवलाई सेवाग्रहीसँग रु पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटाैँडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैधरूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रङ्गेहात पक्राउ गरेको उनले जानकरी दिए । निजलाई नियन्त्रणमा लिएर थप कारबाही अगाडि बढाइएको बताइएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १९:१६