३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

एन्का सिजनको भव्य उद्घाटन, दसैँ कपमा जित्यो माभेन स्ट्याकरले


३० असोज, एडिलेड | एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का)को सिजन २०२२/०२३ को एक कार्यक्रम विच उद्घाटन भएको छ । साउथ अष्ट्रेलियाको संसद सदस्य स्टेफन पिटरसनको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोह एडिलेड स्थित पार्क २१ मा भएको थियो । उद्धाटन समारोहलाई सम्वोधन गर्दै संसद सदस्य स्टेफनले बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली समुदायले पुराएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा एन्का अध्यक्ष बिजय जोशीले गत सिजनमा जस्तै यस सिजनमा समेत सबै खेलाडी, स्पोन्सर, तथा शुभ चिन्तकहरुबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले खेलकुदले समुदायमा हार्दिकता र भाइचारा समेतको विकास हुने विश्वास व्यक्त गरे ।अध्यक्ष जोशीले सिजनको उद्देश्य खेलाडीहरुका लागि प्रिमियर क्रिकेट र त्यो भन्दा अगाडि बढनका लागि मार्ग हुने समेत बताए । एन्काका जनसम्पर्क अधिकारी दिपक क्षेत्रीले गत एन्काका गतिविधीहरु प्रस्तुत गरेका थिए ।

समारोहमा एडिलेडको डिस्ट्रिट लेवलको १२ वर्ष मुनीका टिममा छनौट भएका एन्का जेम्सका खेलाडी प्रेरित जोशीलाई प्रोत्साहन स्वरुप एएमए प्रोफेसनल सर्भिसेजका भरत तिमिल्सिनाले क्रिकेटका खेल सामग्रीहरु प्रदान गरेका थिए । एन्का अन्तर्गत २०१५ बाट बालबालिकाहरुका लागि एक दिने प्रशिक्षण शुरु गरिएको हो । भने गत वर्ष समुन्द्र तटिय सुरक्षा सम्वन्धी तालिमको साथमा क्रिकेटको चार हप्ते प्रशिक्षण दिएको थियो । हाल एन्का जेम्स अन्तर्गत १० वर्ष र १२ वर्ष उमेर मुनि समुहका गरि दुई टिम रहेका छन् ।यि टिमहरुले आगामी २३ अक्टोवरबाट हुने एडिलेडको वेस्टन सवअर्वस क्रिकेट एशोशियसनद्वारा आयोजित लिगमा सहभागी हुने भएका छन् ।

यसै नोभेम्वर महिनामा हुने एडिलेड लुथरन उइमेन्स टुनामेन्टमा सहभागी हुन लागेको एन्काको महिला टिम एन्का सनसाइनलाई एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया खेल सामग्रीहरु प्रादन गरेको छ । सामाग्री एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मञ्जु खड्काले एन्का सनसाइनकी क्याप्टेन विनिता सिहलाई हस्तान्तरण गरेकी थिइन ।

कार्यक्रममा गत सिजनको विजेता भिएक्सेल टिटान्सले रिनिङ सिल्ड एन्कालाई हस्तान्तरण गरेको थियो भने एन्का अध्यक्ष विजय जोशीले भिएक्सेलमा टिम क्याप्टेन आशिष पोखरेललाई लघु सिल्ड प्रदान गरेका थिए । उद्घाटन समारोहको अन्त्यमा मैदानमा खेलाडीहरुले मार्च पास गरेका थिए ।

समारोह उपस्थितहरुलाई एन्का उपाध्यक्ष डोल्कार गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन एन्का कार्यसमिति सदस्य विनिता गौतमले गरेकी थिइन् । भने साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसनकी टिफ्नी फिनले ले खेलाडीहरुको तर्फबाट सहभागी छ वटै टिम क्याप्टेनहरुलाई सपथ दिलाएकी थिइन् ।

सिजन २३ अक्टोवर २०२२ मा शुरु भएर फाइनल खेल १९ मार्च २०२३ हुने छ । ६ टिमका विच खेलाईने लिग खेलहरु टि २० र एक दिवशीय फर्म्याटमा खेलाइने भएको छ | जसमा सबै टिमले एक अर्का संग खेल्ने छन् । खेलहरु भिक्टोरिया पार्क ओवल, पार्क २१ वेस्ट, फिच रोय पार्क ओवलमा हुने भएको छ ।

यसै विच आजै भएको दशै कप क्रिकेटमा माभेन स्ट्याकरले भिएक्सेल टिटान्स माथी जित हासिल गरेको छ । भने एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाले यस महिना संचालन गरेको महिला खेल मेल अन्तर्गतको खेलमा एन्का सनसाइनले एनआरएनए नारी निकुञ्ज माथी जित हासिल गरेको थियो ।

प्रमुख अतिथि संसद सदस्य स्टेफन पिटरसन ।
एन्का सनसाइन टिम कप्तान बिनिता सिहलाई खेल सामाग्री हस्तान्तरण गर्दै एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया संयोजक मन्जु खड्का ।
एन्का जेम्सका खेलाडी प्रेरित जोशीलाई प्रोत्साहन स्वरुप एएमए प्रोफेसनल सर्भिसेजका भरत तिमिल्सिना क्रिकेटका खेल सामग्रीहरु प्रदान गर्दै ।
गत बर्षको सिजन विजेता माभेन भिएक्सेल टिटान्सका कप्तान आशिष पोखरेललाई सिल्ड प्रदान गदै एन्का अध्यक्ष विजय जोशी ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार २२:०५

https://srdb.com.np/