१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

३० असोज, काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

निरौलाले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

आजै पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएसँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १५:१७