१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडी निसिम थापाकाे मृत्यु

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो । सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १३:५४