१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गरिने

३० असाेज, काठमाडाैं । उपचारका क्रममा आइतबार बिहान निधन भएका वाङ्‍मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने भएको छ । गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने जानकारी दिए ।

ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले पनि दिउँसो ४ बजे ललितपुर महानगर परिसरमा शोक सलामीका लागि तयारी गरिएको बताए । शोक सलामी दिएर जोशीको शव ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने जनाइएकाे छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आईतवार १३:३२